राजनीति

काठमाडौंको मेयर उठ्न चाहन्थे रवि, तर आँट गरेनन्ः मुकुल

Banner

काठमाडौं,असार २६-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बर्खास्तमा परेका महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालले सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्न चाहेको खुलासा गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले यो कुराको खुलासा गरेका हुन्। आफूहरूले कालिकोटमा अस्पताल खोल्दै गर्दा राजनीति सुरु गर्ने सल्लाह भएको ढकालले बताए।

त्यसका लागि पार्टी खोल्ने खाँका समेत बनेको उनले बताए। उनले भने, ‘त्यसपछि २०७९ सालमा काठमाडौं महानगरपालिकाको मेयर उठ्न तयारी गर्न भन्नुभयो। केहि समय तयारी गरियो। तर उहाँले आँट गर्नुभएन्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>