राजनीति

ओलीलाई माओवादी सांसदको प्रश्न : कुन उद्देश्यले सहकार्य तोड्नुभयो ?

Banner

काठमाडौँ, असार २५-

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमाले–माओवादी केन्द्रको समिकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ माग गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रश्तावमा एमाले–माओवादी केन्द्रको समिकरण बनेको भएपनि बिना कारण समिकरण भत्काइएको बताउनुभएको हो । उहाँले समिकरण शुरु गर्नुको उद्देश्य र भत्काउनुको कारणका बारेमा ओलीले प्रष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समिकरण तोड्नुको कारण के हो भनि प्रश्न गर्नुभयो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले वा बेचन झा र प्रतिक थापालाई पक्राउ गर्नाले समिकरण भत्काएको हो भनेर उहाँले प्रश्न गर्नुभयो । चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राखेको भएमात्रै संविधान संशोधन गर्न पाउने भन्दै सांसद दाहालले जनतालाई नझुक्याउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रश्न गर्नुपर्छ, केपी ओलीलाई । यहाँले जुन उद्देश्यसहित सहकार्य शुरु गर्नुभयो । अहिले कुन उद्देश्यसँग केन्द्रीत भएर यो सहकार्य तोड्नुभयो ? जुन उद्देश्यसहित केन्द्रीत रहेर सत्ता सहकार्य शुरु ग¥यौँ, जतिबेला हामीले सत्ता सहकार्य शुरु गरेका थियौँ प्रचण्डले लिनुभएको सुशासन, समृद्धि र सामाजिक न्यायको केन्द्रीय कार्यभार पूरा गर्ने सङ्कल्प पछि हटेको थिएन । उहाँलाई थाहा थियो ।पछिल्लो समय के कारणले हामी बिचको समिकरण तोडियो ? यो त जवाफ दिनैपर्छ । के कारणले सहकार्य शुरु ग¥यौँ ? र के कारणले हाम्रा समिकरण भत्किए ? चार महिनाको बिचमा प्रधानमन्त्रीको तर्फबाट के गर्नुपथ्र्यो र के गर्नु भएन ? भन्ने विषयमा पनि यहाँले जवाफ दिनैपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>