अन्तर्राष्ट्रिय

भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयको परीक्षा स्थगित

Banner

नयाँदिल्ली, असार २५-

भारी वर्षाको प्रभावका कारण मंगलबार भारतको मुम्बई र शैक्षिक संस्थाहरू बन्द गरिएको छ भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ ।

भारी वर्षापछि रेल तथा उडान सेवाहरू पनि प्रभावित भएका छन् । सोमबार विभिन्न स्थानमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको छ ।

वर्षाको अनुचित प्रभावले मुम्बई विश्वविद्यालयमा मंगलबारका लागि निर्धारित सबै परीक्षाहरू स्थगित गरिएको जनाइएको छ । नयाँ मिति चाँडै घोषणा गरिने विश्वविद्यालयले एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू ठाणे, वसई, महाड, चिप्लुन, कोल्हापुर, सांगली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्गलगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएको छ । यसैगरी तल्लो क्षेत्रमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागहरूमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ । राससरसिन्ह्वा

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>