राजनीति
काँग्रेस–एमालेलाई रास्वपा सांसद झाको सुझाव–एकअर्कालाई विश्वास गर्नुस्
०

काठमाडौँ, असार २४-
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली काँग्रेस र नेकपा (एमाले)का नेताहरुलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रधानमन्त्रीको राजीनामा माग गरेर काँग्रेस–एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भएपनि काँग्रेस–एमाले डराएका बताउनु भयो । उहाँले विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि आग्रह गर्नुभयो ।
उहाँले व्यापारिको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरुका पार्टीका सांसदले आफूहरुलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने बताउनु भयो । —न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























