खेलकुद

एसिया कप खेल्न महिला टोली आज श्रीलंका जाँदै

Banner

ललितपुर, असार २३-

एसिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली टोली आइतबार श्रीलंकातर्फ प्रस्थान गर्दैछ । जुलाई १९ देखि २८ तारिखसम्म श्रीलंकाको डाम्बुलामा हुने प्रतियोगितामा आठ देश सहभागी हुनेछन् ।

नेपाल रहेको समूह ए मा भारत, पाकिस्तान र युएइ रहेका छन्। यी ३ वटै टोली माथिल्लो स्तरका हुन्। ​युएईभन्दा पनि भारत र पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्नु पनि नेपालका लागि राम्रो अवसर र चुनौती दुबै हुनेछ । समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन्।

एसिया कपको उदघाटनकै दिन नेपालले आफ्नो पहिलो खेलमा युएईविरुद्ध खेल्ने छ। नेपालको दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध हुने एसीसीले जनाएको छ।

एसिया कप अघि नेपाली टिमले श्रीलंका डेभलपमेन्ट टिमसँग जुलाई १६ मा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ।

गत फागुनमा एसीसी प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग अप्रत्यासित ४ विकेटको हार व्यहारेपछि नेपालले एसिया कप खेल्ने अवसर गुमाएको थियो।

तर एसियन क्रिकेट काउन्सिल ९एसीसी० ले सेमिफाइनलबाट बाहिरिएका नेपाल र थाइल्यान्डलाई एसिया कपमा समेट्ने निर्णय लिएपछि नेपालले राम्रा र बलिया देशसँग खेल्ने अवसर पाएको हो।

नेपाली महिला टोली

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>