समाचार

लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासियो

Banner

देउखुरी, असार २२-

दाङको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी सवार गाडी खोलामा भासिएको छ। रा १ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोलामा भासिएको हो। लमही नगरपालिका वडा नम्बर ९ तेलिया स्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको खबर पाएपछि लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको नेतृत्वमा तेलिया गाउँमा पुगेर त्यहाँको क्षतिको विवरण सङ्कलन गरेर फर्किने क्रममा तेलियाको गंगटे खहरे खोलामा स्कारपियो भासिएको हो।

गाडीमा सवार सबै सकुशल छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>