समाचार

माछा मरेपछि साठी लाख बराबरको क्षति

Banner
कैलाली, असार २२-
धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा  सञ्चालित  पोखरीमा रहेका  माछा मरेका छन् ।  यसबाट झण्डै रु ६० लाख बराबरको क्षति भएको छ ।
“पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए”, उहाँले भन्नुभयो, “माछा बढेर अहिले ठूला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासी कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।”  उहाँका छ वटा माछा पोखरी रहेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>