राजनीति

ठूलो दलको आधारमा सरकार बन्ने अवस्था आउन हुँदैनः शेखर कोइराला

Banner

काठमाडौं, असार २१-

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ठूलो दलको आधारमा सरकार बनाउने संविधानको व्यवस्थामा जान नहुने बताएका छन् ।

वर्तमान सरकार ७६ (२) अनुसार बनेको छ । यो व्यवस्थाअनुसार सरकार बन्न नसके ठूलो दलको आधारमा ७६ (३) अनुुसार कांग्रेसको सरकार बन्ने अवस्था आउँछ । शान्ति र क्रान्तिका नायक जीपी कोइराला विषयक अन्तक्र्रियामा काठमाडौंमा बोल्ने क्रममा कोइरालाले भने, ‘७६ (३) मा जाने अवस्था नआओस् भन्ने हो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएकाले खुसी भइहाल्ने अवस्था नभएको उनले बताए । माओवादीको अस्थिर व्यवहार हटाउन दुई ठूला दलको सरकार बन्न सक्ने आफूले केही समयदेखि भन्दै आएको उनले सुनाए । ‘कहिलेसम्म बोकिराख्ने? मलाई ७र८ महिना अघिदेखि नै लागिरहेको थियो । म बोलिरहेको पनि थिएँ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>