राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटीबाट हटाइए प्रेम आले

Banner

काठमाडौं, असार २१-

नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ ।

शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन । यसअघि आले पोलिटब्यूरो सदस्य थिए ।

तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन । पार्टी प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाका अनुसार, केन्द्रीय सदस्यबाट आलेलाई हटाइएकाले उनको नाम समावेश नगरिएको हो ।

आले डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । एमाले विभाजन भएर २०७८ मा एकीकृत समाजवादी बन्दा उनले माधवकुमार नेपालाई साथ दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>