खेलकुद

सन्दीपलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने क्यानको निर्णय

Banner

काठमाडौं, असार २१-

नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको बताएका छन् ।

बिहीबार काठमाडौंमा बसेको बोर्ड बैडकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको अध्यक्ष चन्दले बताएका हुन् ।

क्यानले बोर्ड बैठकमा गरेको निर्णयहरू केही समयमा सार्वजनिक गर्ने चन्दले जनाए । बलात्कारको मुद्दा लागेसँगै सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>