राजनीति

सहमतिबाटै नेतृत्व चयन हुन्छः अध्यक्ष नेपाल

Banner

काठमाडौँ, असार २०-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताउनुभएको छ ।
बिहीवार काठमाडौंस्थित एक होटलमा पार्टीका शिर्ष तहका नेताहरुसँग छलफल गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुषालले अध्यक्षमा दाबी गर्नुभएको थियो । वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निस्कर्षमा पुगेको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष नेपालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन ।’
अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभइ नयाँ नेतृत्व चयन हुने बताउनु भयो ।-न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>