राजनीति
महामन्त्रीमाथि कारबाहीको निर्णयमा मेरो हस्ताक्षर छः सांसद निशा डाँगी
०

काठमाडौँ, असार २०-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले महामन्त्री डा.मुकुल ढकालमाथि कारबाही गर्ने पार्टी निर्णयमा आफूले पनि हस्ताक्षर गरेको बताएकी छन्।
सामाजिक सञ्जालमा आफ्नो ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै सांसद डाँगीले यस्तो प्रष्टीकरण दिएकी हुन्।
‘सञ्चारमाध्यममा रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा भन्ने शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ सांसद डाँगीद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ,‘महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु।’
सांसद डाँगीले भ्रामक, तथ्यहीन, कपोलकल्पित रूपमा सिर्जना गरिएको र कुनै सत्यता नरहेको समाचारप्रति खेद प्रकट गरेको पत्रमा उल्लेख छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























