राजनीति

मेरो इच्छा विपरीत सरकारमा जानु पर्‍योः गगन थापा

Banner

विराटनगर, असार २०-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति बनेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चार कर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

‘मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो । यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ,’ कांग्रेस ८४ सम्म प्रतिपक्षमै बन्छ भन्नु भएको थियो नि भन्ने प्रश्नमा उनले भने, ‘अहिलेको परिस्थिति बनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण नै हो । प्रचण्डको यति धेरै अस्थिर चरित्र नभएको भए अहिलेको अवस्था आउँदैन थियो । प्रचण्डले एमालेसँगै सरकार बनाएको ४ महिना पनि नपुग्दै अर्कैसँग लसपस गर्न हात खुट्टा पसारेपछि अहिलेको दुर्घटना निम्तिएको हो ।’

थापाले कांग्रेसको नेतृत्वमा बनेको अहिलेको संविधान जोगाउने जिम्मेवारी पनि कांग्रेसकै बढी रहेको बताए । ‘यो संविधान हामीले अरु कसैका लागि बनाइदिएको होइन । यो संविधानलाई जोगाउने जिम्मेवारी हाम्रो हो,’ थापाले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशीता, समानुपातिक व्यवस्था, सबैको स्वतन्त्रता, धार्मिक, आर्थिक, सांस्कृतिक स्वतन्त्रता र नेपालको विविधतालाई सबै कुरालाई थप सुदृढ गर्नेगरी संविधानको पुनरावलोकन गर्ने कांग्रेसको प्रस्ताव हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>