राजनीति

प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन रास्वपाको आग्रह

Banner

काठमाडौं, असार २०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका (रास्वपा)ले विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आग्रह गरेको हो ।

प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले तत्कालै विश्वासको मत लिन आग्रह गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘संसदलाई फेस गरिरहँदा मलाई साथ दिनुस् भन्नुभयो । हामी त्यसै पनि अर्को गठबन्धनमा, अर्को सरकारमा जाँदैनौं’, परियारले भने, ‘हामीले उहाँलाई तत्कालै जतिसक्दो चाँडो संसदलाई फेस गर्ने मिलाउनुहोला, हामी पनि पार्टीमा आन्तरिक छलफल गर्छौं भन्यौं ।’

यद्यपि, विश्वासको मत दिने विषयमा भने आफूहरु छलफलमै रहेको परियारले बताए । ‘जेजस्तो परिस्थितिमा हामी राजीनामा दिने मनस्थितिमै हो । तर, हिजोको सत्ता साझेदारमात्रै होइनौं, हाम्रा कतिपय मुद्दामा एकै ठाउँमा थियौं’, उनले भने, ‘फेरि सम्माननीय प्रधानमन्त्रीज्युले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दा त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । बरु ढिला नगरौं, यसमा धेरै अल्मलिनु हुँदैन ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>