राजनीति

प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले लियो समर्थन फिर्ता

Banner

काठमाडौं,असार १९-

दिएको समयसीमाभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिएको छ। एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको र औपचारिक रूपमा केहीबेरमा प्रधानमन्त्रीलाई जानकारी गराउने संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘हामीले प्रधानमन्त्रीज्यूलाई मार्ग प्रशस्त गर्न आजसम्मको समय दिएका थियौँ। तर हाम्रो आह्वानअनुरुप उहाँबाट त्यो भएन,’ बर्तौलाले  भने, ‘अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र नेपाली कांग्रेसको समर्थन एवं सहभागितामा नयाँ राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको छ। त्यो निर्णय केहीबेरमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउँछौँ।’ मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको समय दिएको थियो। प्रधानमन्त्रीको सम्मानजनक बहिर्गमनका लागि यो समय दिएको तर उनले त्यसको सम्मान नगरेको एमालेको ठहर छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>