समाचार
पोखरामा एटीएम मेसिन फोड्दाफोड्दै समातिए धादिङका युवक
०

पोखरा,असार १९-
पोखरामा एटीएम मेसिन फोड्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहान साढे २ बजेतिर पोखरा ५, जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी रकम निकाल्न खोज्ने युवकलाई प्रहरीले तत्काल पक्राउ गरेको हो। ती युवक धादिङ जिल्ला सिद्धलेख गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ९ बस्ने २३ वर्षीय रुपेश नेपाली रहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























