राजनीति
संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड
०

जनकपुरधाम, असोज ३ –
मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त देशको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो भन्नुुभएको छ ।
उहाँले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनसँगै सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























