घटना -दुर्घटना
दाङमा चट्याङ लागेर महिलाको मृत्यु
०

दाङ, असार १५-
दाङमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ।
राजपुर गाउँपालिका–२ मटेरियाकी ४० वर्षीया भूमिसरा बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए।
आफ्नै खेतमा काम गरिरहेकी बुढा मगरलाई शुक्रबार बेलुका साढे ७ बजेतिर चट्याङले हानेको थियो।
घाइतेलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले राति सवा १० बजेतिर मृत घोषणा गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























