काठमाडौँ

नगर सभा विवादले उपप्रमुख सुनिताले रोकिन् पोर्चुगल भ्रमण

Banner

काठमाडौं, असार १४-

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले १५ असारमा तय भएको पोर्चुगल भ्रमण रद्द गरेकी छन् ।

यतिबेला नगर सभामा नीति तथा कार्यक्रमको विषयमा विवाद छ । विवादको बीचमा पोर्चुगल उड्दा उपप्रमुखका कारण बैठक बस्न नसकेको भ्रम फैलिने भन्दै उनले भ्रमण रोकेकी हुन् ।

‘एक त महानगर प्रमुख नै राजनीतिक दलहरूलाई लक्षित गरेर आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्, फेरि उपप्रमुख पनि विदेश जाँदा दलबाट निर्वाचित हुनेहरूले असहयोग गरिरहेको भन्ने भ्रम बाहिर आउन सक्ने भन्दै उहाँले भ्रमण रोक्नु भएको हो,’ उनी निकट स्रोतले भन्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>