समाचार

नागार्जुनमा ‘कल्भर्ट’मा खस्यो कार, चालकको मृत्यु

Banner

काठमाडौं, असार १४-

नागार्जुन नगरपालिकास्थित रामकोटमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

नागार्जुन–६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा बिहान साढे ५ बजे खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

दुर्घटनामा नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको कार कल्भर्टबाट निकालिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>