समाचार

लमजुङमा पहिरोमा परि ४ जनाको मृत्यु

Banner

काठमाडौं, असार १३-

लमजुङको क्व्होलासोथर गाउँपालिका–३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । बगुमस्थित पच्यु टोलमा गए राति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय रूद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ ।

पहिरोमा परि ६९ वर्षीय रूद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरुङ र ५ वर्षिया नम्रता गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>