राजनीति
रास्वपाबाट राजदूत बन्न १०० जनाको आवेदन
०

काठमाडौँ,असार १२-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा परेको दुई जना राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन परेको छ । आवेदन बुझाउनका लागि पार्टीले शुक्रबारसम्मको समय दिएको छ । पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा.अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको थियो । सोही मापदण्डका आधारमा गत असार १० गते सार्वजनिक सूचना जारी गर्दै राजदूतका लागि आवेदन माग गरिएको थियो ।
‘हालसम्म करिब १०० जनाको आवेदन आएको छ । शुक्रबारसम्म समय रहेकाले यो सङ्ख्या अझ बढ्न सक्छ,’ संयोजक खनालले भने, ‘त्यसैले शुक्रबारपछि मात्र आवेदनको छनोट प्रक्रिया अघि बढ्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























