राजनीति
बृहत् वामपन्थी एकीकरणमा जाँदैछौंः उपाध्यक्ष सापकोटा

काठमाडौँ, असार ८-
पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिस्ट पार्टीहरू एकीकरणको तयारी भइरहेको बताएका छन् । वामपन्थी एकीकरणमा जानुपर्ने माग उठिरहेको उनको भनाइ छ ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सापकोटाले राजनीतिक मुद्दा मिल्नेहरूसँग मोर्चा बनाई बृहत् वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताएका हुन् । कम्युनिस्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै बृहत वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको उनको भनाइ छ ।
‘वामपन्थी एकीकरण हुन सक्दैन र त्यसले सरकार चलाउन सक्दैन भन्ने सार्वजनिक बहसमा सत्यता नरहेको उपाध्यक्ष सापकोटाको भनाइ छ । राजनीतिक दलको कार्यदिशा अब त्यतातिर हुनुपर्ने सापकोटाको भनाइ छ । उनले समाजवाद भनेको गरिबी नभई सबैका लागि समृद्ध समाज बनाउने राजनीतिक कार्यदिशा भएको बताए ।

























