राजनीति
२०८४ मा कांग्रेसलाई बहुमत ल्याउने पार्टी बनाउन सकिन्छः महामन्त्री थापा
०

काठमाडौँ, असार ८-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टी बनाउन सकिने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा थापाले एकढिक्का बनाएर कांग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमतसहितको पार्टी बनाउन सकिने बताए । उनले कांग्रेसलाई ५ वर्ष ढुक्कले सरकार चलाउने पार्टी बनाउन सकिने बताए ।
नेपालले अहिले अपनाएको निर्वाचन प्रणालीबाटै २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टीका रूपमा कांग्रेसलाई बनाउन सकिने महामन्त्री थापाको भनाइ थियो । महामन्त्री थापाले कांग्रेसले सरकारमा नरहेर पनि जनताको सेवामा निरन्तर लाग्नुपर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























