राजनीति
आज स्थापना दिवस मनाउँदै रास्वपा
०

काठमाडौं, असार ७-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दोस्रो स्थापना दिवस मनाउँदै छ।
दिवसका अवसरमा आज चियापान कार्यक्रम आयोजना गरिएको पार्टी महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वप्रधानमन्त्रीहरु, दलका शीर्ष नेता, उद्योगी व्यवसायी सर्वसाधारण लगायत सबैलाई आमन्त्रण गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
२०७९ साल असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी असार १७ गते निर्वाचन आयोगमा दर्ता गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























