राजनीति

किसानलाई मलको अभाव हुँदैनः कृषिमन्त्री साह

Banner

काठमाडौँ, असार ६-

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपन्छीसम्बन्धी विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले धान रोपाइमा किसानलाई मल अभाव नहुने र किसानलाई समयमै मल वितरण गर्न मन्त्रालय लागेको बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको रु २८ अर्ब ६७ करोड अनुदानका लागि विनियोजित बजेटबाट रु छ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा पाउन सकिने भएकोछ । साथै दुई लाख मेट्रिकटन मलको बोलपत्र आह्वान भइसकेको उहाँले जानकारी दिनुभयो ।

गत जेठ २८ सम्म तीन लाख ९० हजार मेट्रिक टन मल आयात भएकोमा तीन लाख ६७ हजार मेट्रिक टन मल बिक्री वितरण भएको छ । गत वर्षको समेत गरी कूल ९६ हजार मेट्रिक टन मल मौज्दात रहेको उहाँले जानकारी दिनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>