राजनीति

गैरसरकारी संस्थाको सहयोग नलिन संसदिय समितिलाई निर्देशन

Banner

काठमाडौँ, असार ४-

प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संसदीय समितिहरूलाई गैरसरकारी संस्थाको कुनैपनि प्रकारको सहयोग नलिन निर्देशन दिएका छन् ।

मंगलबार सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहालको तर्फबाट पत्र जारी गर्दै संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी एवं अनुमति विना सहयोग नलिन समितिहरूलाई निर्देशन दिएका हुन् ।

‘संसद्को संस्थागत जानकारी एवं अनुमति विना कतिपय गैरसरकारी संस्थाहरूले संसदीय समिति तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सांसदहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पर्ने गरेको गुनासोहरू आइरहेकाले ध्यानाकर्षण गराइएको छ,’ पत्रमा भनिएको छ ।

संसद् सचिवालयले सहयोग नलिन यसअघि पनि पटकपटक सतर्क गराइएको पनि जनाएको छ । आइतबार एक गैरसरकारी संस्थाका कर्मचारी खाजासहित राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएपछि विरोध हुँदा बैठक नै स्थगित हुन पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>