चितवन विशेष
भरतपुरको बाटुली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २७ वर्षीय युवकको मृत्यु
०

चितवन,असार ९-
चितवनको भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ । सशस्त्र प्रहरीको टोलीले आइतबार बाग्लुङको काठेखोला गाउँपालिका–३ भन्जादेउराली घर भई भरतपुर महानगरपालिका–८ बस्ने २६ वर्षीय सुजन घर्ती मगरको शव फेला पारेको इलाका प्रहरी कार्यालय गीतानगरका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।
मगरसहित तीन जना पोखरीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेपछि प्रहरीलाई अपरान्ह ३ः३० बजे खबर प्राप्त भएको श्रेष्ठले बताउनुभयो । उहाँले शशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयको सहयोगमा ५ बजे शव निकालिएको जानकारी दिनुभयो । मृतक मगरको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शबगृहमा राखिएको छ ।