चितवन विशेष

भरतपुर ७ को फुटसल एण्ड स्पोर्टस जोनमा माडीका २३ वर्षिय युवा मृत भेटिए,अनुसन्धान हुँदै

Banner

भरतपुर,असार १२-

चितवनमा एक युवा मृत भेटिएका छन । माडी नगरपालिका ६ बस्ने २३ वर्षिय अखिल सापकोटा भरतपुर ७ स्थित चितवन फुटसल एण्ड स्पोर्टस जोन भित्रको कोठामा मृत फेला परेका छन् । घोप्टो परेर सुतेको अवस्थामा सापकोटा मृत फेला परेको प्रहरीले जनाएको छ ।

हिजो बेलुका १० बजे साथीहरुले मृत देखेपछी प्रहरीलाइ खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार गर्ने लगायतको अनुसन्धानका काम गरिरहेको छ । मृतकको मुखबाट रगत आएको देखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>