Breaking News

गृहमन्त्रीले सरुवा आतंक फैलाए, सय दिनमा १७ पटक गरेर ३४ सय प्रहरी परिवर्तन गरेः केसी

Banner

काठमाडौं,असार ४-

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाएका छन्। मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्। सांसद केसीले प्रहरी ऐन विपरित प्रहरीहरूको जथाभावी सरुवा किन गर्नुपर्‍यो ? भनि गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे।

गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरूको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे। गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोहरूलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको आरोप थियो। सांसद केसीले भने, ‘सय दिनमा १७ चोटी प्रहरीहरू परिवर्तन भए। ३४ सय भन्दा बढि प्रहरीहरू यो तीन महिनाको अवधिमा परिवर्तन भए। ६६ जना सिडियो र सहायक सिडियो परिवर्तन भएका छन्। सय दिन भित्र यत्रो परिवर्तनको आवश्यक्ता किन ?’ सांसद केसीले प्रहरी भित्रको चेन अफ कमाण्डलाई आफ्नो लाचार छायाँ बनाउने काम नगर्न पनि गृहमन्त्री लामिछानेलाई सचेत गराए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>