खेलकुद

अमेरिकालाई ७ विकेटले हराउँदै भारत विश्वकपको सुपर ८ मा

Banner

काठमाडौं, जेठ ३१-

भारतले आईसीसी पुरुष टी–२० क्रिकेटको शीर्ष आठ मा स्थान बनाएको छ।

तेस्रो खेलमा बुधबार अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो। जारी प्रतियोगितामा भारत अपराजित छ। भारतको जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ ।

अमेरिकाले दिएको गरेको १ सय ११ रनको लक्ष्य भारतले १० बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गर्यो।

ओपनर विराट कोहलीलाई शून्य र कप्तान रोहित शर्मालाई तीन रनमा गुमाएको भारतको इनिङ्लाई सुर्यकुमार यादव र सिवम दुवेले सम्हालेका थिए।

सुर्यकुमारले नटआउट ५० रन बनाए। दुवेले अविजित ३१ रनको योगदान दिए। ऋषभ पन्त १८ रन बनाएर आउट भए।

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाको सुरुवात खराब रह्यो। पहिलो ओभर बलिङ गरेका अर्शदिप सिंहले अमेरिकाको दुई विकेट लिएर दबाबमा परेको अमेरिकाले ८ विकेट गुमाएर १ सय १० रनमात्र बनाउन सकेको थियो। नीतिश कुमारले सबैभन्दा धेरै २७ रन बनाए। स्टेभन टेलरले २४ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन।

अर्शदिपले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्र ९ रन दिएका थिए। यस्तै हार्दिक पाण्येयले २ तथा अक्षर पटेलले एक विकेछ लिए।

समूह एमा रहेको भारत ६ अंक जोडेर सुपर ८ मा प्रवेश गरेको छ। अमेरिका ४ अंक सहित दोस्रो, पाकिस्तान र क्यानडा समान दुई अंक सहित तेस्रो र चौथों स्थानमा छन्।

अमेरिका, पाकिस्तान र क्यानडाको सुपर ८ को सम्भावना अन्तिम खेलको नतिजामा भर पर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>