खेलकुद

२०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल चाइनिज ताइपेइसँग पराजित

Banner
काठमाडौँ, असोज ७–
जापानको इची–नागोयामा जारी २०औँ एसियाली  खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला कबड्डीमा नेपाल दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपालले चाइनिज ताइपेइसँग हार बेहोर्नुपरेको हो ।
जापानको तोकाइ सिटिजन जिम्नेसियममा भएको खेलमा नेपाली टोली चाइनिज ताइपेइसँग ३७–१८ अङ्कले पराजित भएको हो । पहिलो हाफमा दुवै टोलीको १३–१३ अङ्कको बराबरी खेलेका थिए । दोस्रो हाफमा भने चाइनिज ताइपेइ नेपाली टोलीमाथि हाबी रह्यो । चाइनिज ताइपेइले २४ अङ्क बटुल्यो भने नेपालले मात्र पाँच अङ्क जोड्न सक्यो ।
यसअघि नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो । आठ टोली सहभागी रहेको महिला कबड्डीमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा थाइल्यान्ड, श्रीलङ्का र चाइनीज ताइपेइ रहेका छन् । समूह ‘ए’मा इरान, भारत, बङ्गलादेश र जापान छन् । अब समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलङ्कासँग खेल्नेछ । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ्न ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>