राजनीति

सरकारको नुन खाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को रहेछ हामीले चिन्न पाउनुपर्‍यो

Banner

काठमाडौं, जेठ ३०-

सरकारी कर्मचारीसँग पीआर र दोहोरो नागरिकता भएको विषय छानबिन गर्न नेकपा एमालेका सांसद रघुजी पन्तले माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अल्मलिएको बताए ।

‘‘कोको हुन् ? केही विशिष्ठ श्रेणीका कर्मचारी पनि त्यसमा छन रे । नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को हुनुहुँदो रहेछ त्यो हामीले चिन्न पाउनुपर्‍यो । छिटो कारबाही गरेर संसद्लाई जानकारी दिइयोस्,’ सांसद पन्तले भने । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>