राजनीति

प्रधानमन्त्रीले भने ‘राजदुत फिर्ता बोलाउँदा भारत भ्रमणबारे ध्यान पुगेन’

Banner

काठमाडौँ, जेठ २८-

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदुत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्‍याउन नसकेको बताएका छन्। सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भएपनि ध्यान नपुगेको स्वीकार गरे। उनले शर्माले भारत भ्रमणका क्रममा सक्रिय भुमिका खेलेको बताए। उनले भने, ‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो। र सबै कार्यक्रममा राजदुतको हैसियतले उहाँले सक्रिय भुमिका पनि खेल्नुभयो। मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यही बेला पर्नु संयोग हो। त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रश्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>