चितवन विशेष
सहमतिमा संविधान संशोधन जरुरीः नेता केसी
०

चितवन, जेठ २८-
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले संविधान संशोधनका लागि सर्वदलीय सहमति सृजना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानमा देखिएको जटिलताका बीचमा जे जस्ता समस्या भोगेका छौँ । त्यसमा धेरै कुरा सुधार गर्न आवश्यक छ ।” अहिले जनमानसमा उठेका प्रश्नहरुको समाधानका लागि पनि संविधान संशोधन आवश्यक रहेको भनाइ राख्नुभयो ।
उहाँले सबै जातजातिको प्रतिनिधित्व हुने गरी राष्ट्रियसभामा व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो । समानुपातिक निर्वाचन प्रणाली मान्य हो भने यसका लागि पनि निर्वाचन क्षेत्रको व्यवस्था गरेर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























