राजनीति
दुर्गा प्रसाईंको मेडिकल कलेजले पायो सम्बन्धन

काठमाडौं,जेठ २८-
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएको छ। सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौँ विश्व विद्यालयले आइतबार सम्बन्धन उपलब्ध गराइएको जानकारी गराएको छ। प्रा.डा अच्युत प्रसाद वाग्लेले विद्यार्थी भर्ना गर्न पाउने गरी उक्त बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरलाई सो सम्बन्धन दिइएको जानकारी गराएका छन्।
‘सम्मानित सर्वोच्च अदालतको सोही परमादेश बमोजिम काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८१/०२/२७ मा बसेको ७१८ औं बैठकबाट भएको निर्णय अनुसार काठमाडौं विश्वविद्यालय सम्बन्धन तथा विस्तारित कार्यक्रम सम्बन्धी नियम, २०७१ को पूर्ण पालनाका साथै चिकित्सा शिक्षाका काठमाडौ विश्वविद्यालयबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूमा चिकित्सा शिक्षा आयोग एवं अन्य नियामक निकायहरूसँग आवश्यक स्वीकृति लिई विद्यार्थी भर्ना गर्न पाउने गरी उक्त बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरलाई सो सम्बन्धन दिइएको छ,’ पत्रमा भनिएको छ।