राजनीति

जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्छौः मुख्यमन्त्री सिंह

Banner

जनकपुरधाम, जेठ २५-

मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री शतिशकुमार सिंहले धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री पदको आज शपथग्रहण तथा पदभारपपछि जानकी माताको दर्शन गर्नुभएका उहाँले मन्दिर परिसरमा रासससँग सङ्क्षिप्त कुराकानी गदै भन्नुभयो, “माता जानकी मन्दिरको अवस्थाबारेमा मलाई केही जानकारी छ । त्यस सम्बन्धमा मन्दिर व्यवस्थापन पक्षसँग विकासका योजनाहरु माग गरेको छु ।”

मन्दिर व्यवस्थापन पक्षले जानकी मन्दिरको दिगो विकासका लागि अल्पकालीन तथा दीर्घकालीन स्पष्ट योजना ल्याएमा सो योजना पूरा गर्ने आश्वासनसमेत दिनुभयो । जानकी मन्दिरको विकास भएमा त्यहाँ धार्मिक पर्यटक बढ्नाका साथै मधेस प्रदेशको आर्थिक विकसमा सहयोग पुग्ने उल्लेख गर्दै मधेस प्रदेशको सप्तरीमा रहेको छिन्नमस्ता भगवती तथा बारामा रहेको गढीमाई मन्दिरको समेत विकास गरी पर्यटक तान्ने वातावरण बनाउन आवश्यक रहेको उहाँको भनाइ रहेको छ ।

यसअघि उहाँले आज मन्दिर व्यवस्थापन पक्षसँग छलफलका साथै मन्दिरको अवस्थाबारे जानकारी समेत लिनुभएको थियो । सोही अवसरमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकी मन्दिरको महत्व तथा गरिमालाई अगाडि बढाउनका लागि भारतमा भएको रामायण सर्किटको विकास गरेजस्तै सीता सर्किटको समेत विकास गर्नुपर्ने मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो । हाल जानकी मन्दिरमा दैनिक एक हजारभन्दा बढी बाहिरी जिल्लाबाट दर्शन तथा अवलोकनका लागि आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>