समाचार

सिन्धुलीमा निर्माणाधीन पुलको फर्मा भत्किँदा चार जना घाइते

Banner

काठमाण्डौ,जेठ २२–

सिन्धुलीमा निर्माणाधीन पुलको फर्मा भत्किँदा चार जना घाइते भएका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ क्यानखोला क्वाटरमा निर्माण भइरहेको गाडी चल्ने पक्की पुलमा काम गर्ने क्रममा पुलको फर्मा पल्टिएर चार जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा पर्साका मनोज महतो, विनोद महतो र अमलदेव महतो तथा सिन्धुलीको हरिहरपुरगढीका मदन घलान रहेका छन् । उनीहरूलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>