समाचार

कोशी प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम भोलि

०
Banner

मोरङ, जेठ २०-

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभाको चालु अधिवेशनमा यही जेठ २१ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

बैठकले महालेखापरीक्षकको छैँटौ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेस गर्न पनि स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>