Breaking News

केरा काटेर नष्ट गरेको आरोपमा ४ जना बालक पक्राउ

Banner

चितवन, जेठ १३-
चितवनका किसानले लगाएको केरा काटेर नष्ट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । तर, पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन । पक्राऊ पर्नेमा १२, १३ र १४ बर्षका बालक रहेका छन् । प्रहरीले उनीहरुको परिवर्तित नाम ठाउँको नामबाट मगनीचोक, होलिल्याण्ड, चौबिसकोठी र धुसरी राखेको छ । उनीहरुले जेठ १ गते पूर्विचितवनको खैरहनी नगरपालिका वडा नम्बर तीन स्थित करिब पाँच कठ्ठा क्षेत्रफलमा लगाएको  ३१५ बोट केरा काटी नष्ट गरेका थिए ।
घटनामा संलग्न उनीहरुलाई प्रहरीले जेठ १० गते पक्राउ गरेको हो । अहिले चितवन जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>