राजनीति

व्यास नगरपालिकाको पुनः मतगणना गर्न उच्च अदालतको आदेश

Banner

कास्की, जेठ ११-

उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना २ असारमा गर्न आदेश गरेको छ। ०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै १२ जेठ ०७९ मा मतगणना कार्य बदरको माग गेदै पुनस् मतगणनाका लागि अदालतमा रिट दायर गरेका थिए।

जेशीले रिट दायर गरेको २३ महिना २० दिनपछि अदालतले १ जेठमा पुनः मतगणना गर्न आदेश गरेको थियो।न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले जोशीको दाबी पुग्ने आदेश गरेसँगै गरपालिकाको पुनः मतगणना हुने भएको हो।

१ जेठमा भएको फैसलाको पूर्णपाठमा शुक्रबार सार्वजनिक भएको जोशीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले जानकारी दिए। पूर्ण पाठमा २ असार बिहान १० बजेदेखि पोखरामा मतगणना गर्न भनिएको छ। आदेशमा मतगणना पोखरामा गर्ने भनिए पनि कुन स्थानमा गर्ने भन्ने स्थान तोक्ने कामपछि रजिष्टारले गर्ने सुवेदीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>