राजनीति

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग

Banner

काठमाण्डौँ, जेठ ९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेको छ।

धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि छानबिनको माग गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।  ‘राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट रहेको जनाएको छ । उसले नागरिकता प्रकरणमा जुन ढंगबाट कैलाश सिरोहियामाथि छानबिन सुरू भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गर्नुपर्ने बताएको छ । राप्रपाले कानून सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्ने पनि बताएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>