राजनीति
संसदीय छानबिनको माग गर्दै कांग्रेसले गृहमन्त्रीविरुद्ध प्रदर्शन गर्ने
०

काठमाडौं, जेठ ९-
सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।
बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले काठमाडौंमा ११ जेठमा प्रदर्शन गर्ने तयारी गरेको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् । त्यसपछि उपत्यका बाहिर पनि प्रदर्शन गर्ने बैठकमा समझदारी भएको उनले जानकारी दिइन् ।
गृहमन्त्रीमाथि संसदीय छानबिन, गृहमन्त्रीले संसदमा कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध र सहकारी पीडितको रकम फिर्ताको विषयलाई लिएर प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























