राजनीति

सिरोहिया पक्राउपछि रास्वपाले भन्योः जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नुपर्छ

Banner

काठमाडौँ, जेठ ९-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे मुख खोलेको छ। महामन्त्री मुकुल ढकालले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कानुनभन्दा माथि कोही नहुने भन्दै कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता भएको टिप्पणी गरेका छन्।

‘कानुन भन्दामाथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो,’ महामन्त्री ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो। यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>