राजनीति
मिडियालाई दबाबमा राख्ने प्रयास निन्दनीयः एकीकृत समाजवादी
०

काठमाण्डौँ, जेठ ८-
नेकपा (एकीकृत समाजवाद) पार्टीले मिडियालाई दबावमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको बताएको छ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विषयमा विज्ञप्तीमार्फत् एकीकृत समाजवादीले यस्तो धारणा सार्वजनिक गरेको हो।
उक्त घटनाले प्रेस र राज्यकाबिच द्वन्द्व सिर्जना गर्न खोजिएको सो पार्टीको जिकिर छ। ‘मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ। यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ,’ पार्टीका महासचिव घनश्याम भूसालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























