देश/प्रदेश

कांग्रेस नेता रमेशले भने: हामीले हाम्रो अडान राख्यौं, प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ

Banner

काठमाडौँ, वैशाख ३०-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सदनको गतिरोध खुलाउने विषयमा सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ । आज (आइतबार) बिहानको छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका हुन् ।

छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता लेखकले भने, ‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले हाम्रो कुरालाई यथावत राखेका छौँ । प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>