खेलकुद

मेयर कप फुटबल लिगका लागि भरतपुरका २४ विद्यालय छनौट

Banner

चितवन, वैशाख १७–

प्रथम मेयर कप स्कुल लिग फुटबलका लागि २४ विद्यालय छनौट भएका छन् ।

लिगको सहआयोजक चितवन जिल्ला फुटबल संघले दुई दिन आयोजित छनौट चरणबाट अन्तिम २४ टोली टुंगो लगाएको हो ।

लिगका लागि सामुदायिक र संस्थागतबाट १२–१२ गरी २४ टोली छनौट गरिएको संघका वरिष्ठ उपाध्यक्ष एवम् खेल संयोजक विजय घलेले जानकारी दिए । सामुदायिकतर्फ सिद्धार्थ मावि, हिमालय दण्डपाणि मावि, अमर मावि, लक्ष्मी मावि, आदिकवि भानु मावि, गौरीगञ्ज मावि, नारायणी नमुना मावि छनौट भएका छन् । यस्तै ढड्डाघारी मावि, किरण अमरजंग मावि, विश्वप्रकाश मावि, दुर्गा शेषकान्त मावि र जनज्योति मावि पनि लिगमा स्थान बनाउन सफल भएका छन् ।

संस्थागत तर्फ ओमशान्ति एकेडेमी, इडेन गार्डन इङ्ग्लिस बोर्डिङ, ग्रामोदय इङ्ग्लिस बोर्डिङ, होली भिजन इङ्ग्लिस बोर्डिङ, स्टेप बाइ स्टेप इङ्ग्लिस बोर्डिङ, सनराइज इङ्ग्लिस बोर्डिङ, वाल्मीकि शिक्षा सदन, अंकुरम एकेडेमी, जनप्रिय इङ्ग्लिस बोर्डिङ, पारिजात इङ्ग्लिस बोर्डिङ, ग्रीनल्याण्ड पब्लिक स्कुल र ब्राइटस्टार इङ्ग्लिस बोर्डिङ छनौट भएका छन् ।

प्रतियोगिताका लागि कुल ३९ विद्यालयले नाम दर्ता गराएका छन् । प्रतियोगिता वैशाख २८ गतेबाट सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन समारोह भरतपुर–७ कृष्णपुरको खेल मैदानमा हुनेछ । लिगका खेलहरु भने कृष्णपुरसहित अन्य विभिन्न मैदानमा खेलाइने जनाइएको छ ।
भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला फुटबल संघको सहआयोजनामा पहिलो पटक अन्तर विद्यालय फुटबल लिग हुन लागेको हो । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>