चितवन विशेष

बोस्टन इन्टरनेशन कलेजमा बीआईसी स्टार्टअप्सको डेमो डे, ३१ जना सहभागी

Banner

चितवन, वैशाख १६-

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा डेमो डे ५.० नामक कार्यक्रममा ३१ जना सहभागी भएका छन् ।

सिफारिस भएर आएका आइडियाहरु बीच प्रतिस्पर्धा हुने सो कार्यक्रमलाई विश्वविद्यालय अनुदान आयोगले सहयोग गरेको हो ।

शुक्रबारबाट सुरु भएको उक्त कार्यक्रममा नौवटा स्टार्टअप्स टोलीले आफ्नो स्टार्टअप आइडिया प्रस्तुत गरेका थिए । यस प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी टिम मध्येबाट पाँच वटा उत्कृष्ट टिमलाई छनोट गरी विश्वविद्यालय अनुदान आयोग नेपालको आइडिया बैँकमा लिस्टिङ गर्नका बोष्टन कलेजले सिफारिस गर्ने यस कार्यक्रममा फोकल पर्सन तथा बिआईसी स्टार्टअप्सका उपनिर्देशक प्रेमनाथ गैरेले जानकारी दिए ।
यसरी बोष्टन कलेजबाट सिफारिस गरिएका टिमहरु विश्वविद्यालय अनुदान आयोगले राष्ट्रियस्तरमा आयोजना गर्ने अर्को प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागी हुन पाउनेछन् । विश्वविद्यालय अनुदान आयोगले सुरु गरेको उद्यमशिलता सहायता कार्यक्रमको दोस्रो चरणमा छानिएका २५ वटा उच्च शैक्षिक संस्थाबाट यसरी नै सिफारिस भएर आएका आइडियाहरुबीच प्रतिस्पर्धा हुने र उक्त प्रतिस्पर्धामा सफल हुने स्टार्टअपहरूलाई ४० लाख रुपैयाँसम्म लगानीको लागि पूँजी प्रदान गर्ने नीति अनुरुप आयोग अगाडि बढेको क्याम्पसले जनाएको छ ।
कलेजको उद्यमशिलता विकास कार्यक्रममा ३१ जना सहभागी थिए भने उनीहरु नौ भन्दा बढी टिममा आवद्ध थिए । उनीहरुलाई सात दिने बुटक्याम्प सञ्चालन गरी ४५ घण्टाको उद्यमशिलता तालिम प्रदान गरिएको थियो । उक्त तालिम पश्चात उनीहरुलाई मेन्टरिङ् गरी आइडिया प्रस्तुतिको लागि तयार गरिएको थियो । यसरी योजनाबद्ध तयारी पश्चात बेटर हेल्थ क्लिनिक, बृक्ष अर्गानिक्स, माली दाई, विबमार्ट र डफ्टी जस्ता उमशिलताका विचारहरु छनोट भएका छन् ।

बोष्टन कलेजका कार्यकारी निर्देशक राज कुमार तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कलेजका फ्याकल्टी, विद्यार्थीहरु, मिडिया, उद्यमी, प्रस्तुतकर्तालगायत उद्योग व्यवासायलाई पनि प्रतिनिधित्व गर्दै १२० जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो । साथै निर्णायकको रुपमा सिद्धार्थ बैंकका बाग्मती प्रदेश प्रमुख दुर्गाराज पाण्डे, चितवन उद्योग संघकी पूर्वउपाध्याक्ष प्रतिभा श्रेष्ठ र हेटौडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसका नविनता एवम् रणनीतिक साझेदारी प्रबन्धक दिपेश खनालले भूमिका खेलेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>