खेलकुद

इन्टर आईटी कलेज फुटसल प्रतियोगिता आज

Banner

चितवन, वैशाख १४-

चितवनमा अवसर एकेडेमीको आयोजनामा आज इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुँदै छ । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा उक्त प्रतियोगिता हुन लागेको हो ।

अवसर एकेडेमीले आईटी पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै फुटसल प्रतियोगिता आयोजना गरेको हो । भरतपुरलाई आइटी हबको रुपमा चिनाउन योगदान पुर्याउन र आईटी समुदायलाई अझ बलियो बनाउन यस फुटसल आयोजना गरिएको अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए।

प्रतियोगितामा विजेता टिमले ४० हजार, पहिलो रनरअपले २० हजार, उत्कष्ठ खेलाडीले तीन हजार, उत्कृष्ठ गोलकिपरले एक हजार र सबैभन्दा बढी गोल गर्ने खेलाडीले तीन हजार पुरस्कार पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>