देश/प्रदेश
पेस्तोलसहित पोखराबाट एक युवा पक्राउ
०

काठमाडौं, वैशाख १३-
अटोमेटिक पेस्तालसहित पोखराबाट एक युवा पक्राउ परेका छन् । पेस्तालसहित डाँका चोरी तथा लागु औषध मुद्दाका अभियुक्त पोखरा महानगरपालिका–८ सराङकोटका ३८ वर्षीय नरबहादुर विकलाई प्रहरीले प्रकाउ गरेको हो ।
उनलाई बिहीबार पोखरा महानगरपालिका–२४ लेकसाइडबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको थियो। बागमती प्रदेश ०३३ प् १६३३ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका विक डाँका चोरी र लागु औषध मुद्दाका अभियुक्त समेत रहेको पाइएको छ ।